राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा निर्वाचित

जेठ ६, काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका उमेदवार खिमलाल देवकोटा विजयी भएका छन् । कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् ।

उनले एमालेका उमेदवार रामबहादुर थापा बादललाई पराजित गरे । खिमलालले ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मत पाए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.