जेठ ६, काठमाडौँ । भारतको गुजरातको आसपासमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ(ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो भारी वर्षा हुने र क्रमिकरूपमा कम हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो तथा राति देशका केही स्थानमा हल्कादेखि मध्यम र कयौँ स्थानमा भारी वर्षाको सम्भावना छ ।
दिउँसो गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू– भागका केही स्थानहरुमा भारी हिमपात र वर्षाका सम्भावना रहेकाले आगामी २४ घण्टा सतर्क रहन महाशाखाले आह्वान गरेको छ । उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालामा जलप्रवाहसमेत बढोत्तरी हुने र यातायात नै समेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
जेठ ६ गते (बिहीबार)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागका केही स्थानहरुमा भारी हिमपात÷वर्षाका सम्भावना रहेको छ ।
रातिः देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्विनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । उच्च हिमाली भू÷भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷ वर्षाको सम्भावना रहेको छ ।
जेठ ७ गते (शुक्रबार)
दिउँसोः देशका धेरैजसो भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिः प्रदेश १ लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जेठ ८ गते (शनिबार)
दिउँसोः प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिः प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्यतया सफा रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू÷भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

