जेठ ४, काठमाडौं । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन तथा निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा र राहत वितरण गर्न माग गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएसँगै विद्यार्थीहरु मुस्किलमा परेको भन्दै अनेरास्ववियुले सरकारसँग यस्तो माग गरेको हो । अनेरास्ववियुले विद्यार्थीहरुलाई निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गरी सहजीकरण गरिदिन घरधनीहरुलाई आग्रहसमेत गरेको छ । यस्तै, अनलाइनकक्षाका नाममा बढी शुल्क लिइएको भन्दै सबै शैक्षिक संस्थाहरुलाई शुल्क मिनाहा गर्न पनि आग्रह गरिएको छ ।


