प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसारपसार

जेठ २, धनगढी । प्रहरीले प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न भएको भन्दै शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई पक्राउ गरिएको हो ।

उनलाई शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँडी गाउँपालिकाको वैवाहस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । उनको साथमा लागु औषध खैरो हिरोइन भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडा र झिलमिलासँगै भारतीय एसएसबीसहितको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । उनीसँग रहेको ७ ग्राम खैरो हिरोइन, एउटा क्यामेरा, दुईवटा मोबाइल, विभिन्न बैँकका पाँच वटा चेक, एउटा एटीएम कार्ड, एउटा मोटरसाइकल र सुदूर खबरपत्रिकाको परिचयपत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित जोशीलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.