चरेससहित दुईजना पक्राउ

जेठ २, बैतडी । लागुऔषध चरेससहित शनिबार बैतडीमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५, रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् । उनीहरु दुवैलाई सुर्नया–६, शंकरपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै गरेको बेला रौलेश्वर प्रहरीचौकीको टोलीले पक्राउ गरेको हो । मोटरसाइकलमा सवार उनीहरुबाट ७०० ग्राम चरेस भेटिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सुपप्र४००१प ००१५ नम्बरको मोटरसाइकलमा गइरहेका बेला दिउँसो प्रहरी टोलीले जाँच गर्दा सुरेशको झोलाबाट ७०० ग्राम चरेस बरामद गरिएको हो ।

बरामद गरिएको चरेस, मोटरसाइकल र दुवैजना इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन् । निषेधाज्ञाको समयमा उनीहरुले कहाँबाट चरेस लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.