जेठ २, काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । त्यसका लागि विभिन्न स्थानमा खोप केन्द्र तोकिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेठ ११ गतेसम्म खोप लगाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो । तोकिएका दिनमा तोकिएका खोप लाभग्राहीले कार्ड लिएर खोप केन्द्र जानुपर्नेछ । खोप लिने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो डोज खोप दिइनेछ ।
यसैगरी, चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।
तोकिएका दिनमा तोकिएका खोप लाभग्राहीले कार्ड लिएर खोप केन्द्र जानुपर्नेछ । खोप लिने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ । जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो डोज खोप दिइनेछ ।
यसैगरी, चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

