देशभर एकैदिन ५४ सय ५५ जना संक्रमणमुक्त

जेठ १, काठमाडौं । देशभर एकैदिन ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ४४ जनाले कोभिडलाई जितेका हुन् । योसँगै देशभरबाट कोभिड मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १० सय ८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५ सय ७७ एन्टिजेट परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ ।

सोही समयमा १ सय ८७ जनाको मृत्यु हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । देशभर १ लाख ९ हजार ७४० सक्रिय संक्रमित हुँदा ६ सय ७५ जना आइसोलेसनमा छन् । संक्रमितमध्ये १ हजार ३ सय ३१ जना आईसीयूमा छन् भने ३ सय ७० जना भेन्टिलेटरमा छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.