गोकर्णमा ट्रिपरको ठक्करबाट तामाङको मृत्युु

ज्ञानकाजी तामाङ,
जेठ-१ काठमाडौंको गोकर्णश्वर -४ मा शुक्रबार बेलुकी टिपरको ठक्करबाट एकजना युवाको मृत्युु भएको छ ।

सुन्दरीजल बाट जोरपाटी तर्फ गइरहेको बा. ३ ख.४७७९ नम्बरको टिपरले ठक्कर दिदा बागमती प्रदेश ०२०२० प ४५३० नम्बरको मोटरसाइकलमा सवार शैलुङ गाउपालिका २ भुषाफेदा स्थाइ घर भई सुन्दरीजल नयाँपाटी बस्ने बर्ष ४० को बिक्रम तामाङको मृत्युु भएको जानकारी महानगरीय प्रहरी बृत बौद्वको डि एस पि नवीन कार्कीले बताउनुभयो ।

बाटो खराबका कारण मोटरसाइकल अनियंत्रित भएर लडिएको र विपरीत दिशाबाट तिब्र गतिमा आएको टिपरले ठक्कर दिएको प्रहरिको अनुमान छ । मृतक तामाङको शब पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ भने टिपर चालक बौद्ध प्रहरिको नियन्त्रणमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.