‘धेरै कुराहरु मिलेको छ है सानो भाई’

तिम्रो त्यो तोते बोलीले मलाई,
केही बोल्न सिक्ने मिलेको छ है सानो भाई
तिम्रो त्यो ताते ताते गर्दै हिड्ने हिडाईले मलाई,
गन्तव्यसम्म पुग्न थप प्रोत्साहन मिलेको छ है सानो भाई ।

तिम्रो त्यो मिठो मुस्कानले मलाई,
दुःख कष्ट भुलाउने सुवर्ण अवसर मिलेको छ है सानो भाई
तिम्रो त्यो चकचक गर्ने चञ्चले बानीले मलाई,
धेरै कुराको ज्ञान लिने इच्छाशक्ति मिलेको छ है सानो भाई ।

तिम्रो त्यो दौडिदै आमालाई पछ्याउने बानीले मलाई,
सफलताको पछाडि दौडिन साथ मिलेको छ है सानो भाई
तिम्रो त्यो घरिघरि मुस्कुराउने बानीले मलाई,
संघर्षको बाटोहरु पार गर्न थप ऊर्जा मिलेको छ है सानो भाई

तिम्रो त्यो गाली गर्दा पनि चुपचाप बस्ने बानीले मलाई,
सहनशील बन्ने भावना मिलेको छ है सानो भाई
तिम्रो त्यो हिड्दाखेरी लडेर फेरी उठेर हिड्ने बानीले मलाई,
लक्ष्यमा पुग्न पटक–पटक प्रयास गर्ने जागार मिलेको छ है सानो भाई ।

तिम्रो त्यो सबैलाई हसाईरहने बानीले मलाई
जीवनमा अनगिन्ती खुशिहरु मिलेको छ है सानो भाई
तिम्रो त्यो बिस्तारै बोल्ने बानीले मलाई
धर्यताको पाठहरु सिक्ने अवसर मिलेको छ है सानो भाई ।

– रचनाः  मिनु मोक्तान, रामेछाप

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.