सांसदलाई आजदेखि ‘कोभिसिल्ड’ को दोस्रो डोज खोप लगाइने

बैशाख ३१, काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि दोस्रो चरणको कोरोनाविरुद्धको खोप लगाइने भएको छ।

हिउँदे अधिवेशन सुरु हुनुभन्दा अघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो मात्रा खोप लगाउन सुरु गरिने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष, संघीय संसदका दवै सदनका सदस्यहरुले खोप लगाउनेछन् ।

यस्तै शनिबार सङ्घीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी र सङ्घीय संसद् भवन बानेश्वर (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) का कर्मचारीलाई खोप लगाइनेछ। यस्तै, आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई खोप लगाइनेछ।

पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन्। फागुन १९, २० र २१ गते कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.