पूर्वएआईजीको घरमा कार्यरत प्रहरी परिचरद्वारा आत्महत्या

बैशाख ३०, काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।                                                                                              कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि उनलाई बस्न बम परिवारले छुट्टै टहरो बनाइदिएका थिए । घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले आत्महत्या गरेका हुन् ।                                                                                                              राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा बमले ‘हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र बिदा पाउँछौ’ भनेर हप्काएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् । मृतक धमला ओखलढुंगाका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.