काभ्रेको रोशीमा कोरोना संक्रमणको लक्षण तिब्रः गाउँपालिका विज्ञप्ती निकाल्दै ठिक्क

बैशाख ३०, काठमाडौँ । काभ्रेपाल्चोक जिल्ला रोशी गाउँपालिकामा कोरोना संक्रमणको लक्षण बढ्दै गएको भन्दै स्थानीयहरु चिन्तित छन् । गाउँपालिकामा दैनिकजसो कोरोना लक्षणसहितको बिरामी बढ्नुको साथै केही संक्रमितको मृत्यु भएको छ ।

गाउँपालिकामा खुलायाम मानिसहरुको आवातजावत र लापरवाही भएपछि संक्रमणको दर वृद्धि हुँदै गएको छ । संक्रमणलाई नियन्त्रण गर्न स्थानीयहरु गाउँपालिका र सम्बन्धित वडाहरुको समन्वयात्मक भूमिक नभएको बताएको छ । सोही गाउँपालिकाको वडा नं. १,२ र ३ मा संक्रमणको लहर बढ्न थालेपछि त्यस क्षेत्रमा सतर्कता अपनाउन जरुरी रहेको स्थानीय सामाजिक अभियन्ता बबिता बोहोराले बताईन् । स्थानीयहरु आवश्यक स्वास्थ्य मापदण्डबारे अझै अनविज्ञ र स्वास्थ्य शिक्षाको अभावमा झेलिरहेको भन्दै तत्काल सचेतनाको कार्यक्रम लागू गरी संक्रमण नियन्त्रणमा जोड दिनुपर्ने अभियन्ता बोहोराले बताईन् ।

गाउँपालिका मातहतका कोभिड अस्पताल वडा नं. १ स्थित खहरेपागु फलामसाँघुमा तोकिए पनि गाउँपालिकाले आईसोलेशन वार्ड भने भकुण्डेबेशीमा राखिएकोले वडा १, २, ३ र ४ का संक्रमितहरुलाई त्यहाँ पुग्न असहज भएको स्थानीयहरुको गुनासो  छ । वडा नं. ३ मा पनि कोरोनाका लक्षण सहितको विरामी बढ्न थालेपछि गाउँलेहरुले तत्काल पिसिआर परिक्षण तथा उपचारको माग गरिरहेका छन् । वडा नं. ३ स्थित मजुवामा भने ज्वरो आउने, जीउ दुख्ने जस्ता समस्या भएका विरामीहरु बढ्न थालेको स्थानीयहरुले बताएको छ ।

सचेतनाको अभाव र भौतिक पूर्वाधारहरु व्यवस्थापन हुन नसक्दा अझै संक्रमितको संख्य बढ्दै जाने डरले स्थानीय सरकार र सम्बन्धित सरोकारवालाहरुलाई अनुरोध गरेका छन् । तर वडा तथा गाउँपालिकाले हालसालै कोभिड विशेष कार्यक्रमको कुनै तयारी नगरेकोले गाउँपालिकामा समस्या आउने खतरा देखिएको छ । कोरोना लक्षण भएका बिरामीहरु खुल्ला रुपमा हिड्ने र आवश्यक औषधीको अभावका कारण संक्रमण फैलिन सक्ने स्थानीयहरु बताउँछन् ।

कोरोना संक्रमणको नियन्त्रणमा गाउँपालिकाले के कस्तो भूमिका निभाईरहेको छ भनेर गाउँपालिका सूचना अधिकारी प्रकाश पौड्यालसंग बुझ्दा रेडियो र विज्ञप्तीमार्फत स्वास्थ्य मापदण्डको बारेमा जानकारी दिएको बताए । उनका अनुसार रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा भकुण्डेबेंशीमा ४० वेडको आईसोलेशन वार्ड बनाएको छ । रोशीकै नामबाट खहरेपाँगु फलामसाँघुमा कोभिड अस्पतालको स्थापना गरेपनि सुविधा र सामग्रीका अभावका कारण भकुण्डेमा आइसोलेशन वार्ड राखिएको बताए । सूचना अधिकारिका अनुसार बैशाख २९ गतेसम्म गाउँपालिकामा कोरोना संक्रमितको संख्य १५ जना पुगेको छ ।

उपचार र आवश्यक विधिबारे जनतालाई सचेत र सजगता अपनाउन भन्दै बैशाख २९ गते गाउँपालिकाबाट एक विज्ञप्ती निकालेको छ । विज्ञप्ती उल्लेख भएअनुसार कोभिड– १९ को दोस्रो लहरसँगै देशैभरिको परिस्थिती भयाबह बन्दै गएको भन्दै विपतको बेला नअत्तिन गाउँबासीमा अपिल गरेका छन् । तर अपिलसंगै पर्याप्त व्यवस्थापन नभएपछि वडा १,२ र ३ मा विरामीको संख्य भने बढ्न थालेको छ । यो विषयमा गाउँपालिकामा कुनै तथ्यांक भने नभएको सूचना अधिकारी पौड्याल बताउँछन् ।

राजधानीकै नजिक रहेको काभ्रे जिल्लाको रोशी गाउँपालिकामा स्थानीय सरकारको उचित व्यवस्थापन नहुदाँ कोरोना लक्षण देखिएका विरामीहरुलाई सिटामोल समेत पाउन मुस्किल छ । यस विषयमा सम्बन्धित पक्षलेको ध्यान पुगोस् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.