काठमाडौं उपत्यकामा थप १५ निषेधाज्ञा जारी रहने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको उल्लंघन गर्ने सवारी चालकलाई नियन्त्रणमा राखी कडाई गरेको छ । विभिन्न बहनामा सवारी साधन चलाएर हिड्नेहरुलाई सडकमै होल्ड गर्ने जरिवाना समेत गरी कारवाही गरेको छ । त्यस्तै प्रहरीले विना मास्क हिड्नेहरुलाई पनि नियन्त्रण लिई सोधबुझ गरी सम्झाई घर फर्काएको छ । खुल्ला सडकमा तिब्र गतिमा सवारी चलाएको भन्दै ट्राफिक प्रहरीहरुले नियन्त्रण र कारवाही गरी जरिवाना गराएका छन् ।
यी हुन् मन्त्रालयले मानसिक स्वास्थ्य स्याहारको निम्ति दिएका सुझाव
१. नियमित रुपमा शारीरिक व्यायाम, योग तथा ध्यान गरौँ ।
२. दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राखौँ ।
३. घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हौँ ।
४. सामाजिक सञ्जालको प्रयोग घटाऔँ र अधिक समाचार नहेरौँ ।
५. रुचिका खेल खेल्ने, किताब पढ्ने, लेख्ने, रचनात्मक चलचित्र हेर्ने गरौँ ।
६. टाढा भए पनि आफन्त र साथीभाइसँग नियमित सम्पर्कमा रहौँ ।
७. सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाऔँ ।
८. तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविद्सँग परामर्श गरौँ ।
९. पर्याप्त मात्रामा सुतौँ ।
तस्बीरः इरिक लामा÷ प्रारम्भ खबर







