बैशाख २९, काठमाडौँ । राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल (खतिवडा) ले निषेधाज्ञाको समयमा महिला तथा बालबालिकाहरु हिंसाको सिकार बनिरहेको भन्दै सरोकारवाला सामाजिक संघसंस्था, स्थानीय तह, प्रदेश र संघका सबै संयन्त्र सतर्कता अपनाई नियन्त्रणमा जोड दिनुपर्ने बताउनुभयो ।
महामारीको विषम परिस्थितिमा विभिन्न कारणबाट हिंसाका घटनाहरु बढ्दै गएको भन्दै राष्ट्रिय महिला आयोगले विशेष निगारानीका साथ गतिविधिलाई आगाडी बढाईरहेको बताउनुभयो । अघिल्लो वर्षमा पनि महिलाहरु हिंसाको सिकार भएको र यौन हिंसाजन्य जघन्य अपराधको घटना सार्वजनिक भएको भन्दै त्यस्तो घटना नदोहोरियो भनेर आयोग सचेत भएको उल्ले गर्नुभयो । सामान्य समयभन्दा निषेधाज्ञाको समयमा घरेलु हिंसाका घटनाहरु बढ्न थालेपछि आयोगले सम्बन्धित पक्षसंग समन्वयात्मक भूमिका सहित गलत कार्यमा लाग्नेहरुलाई कारबाहीको दायरामा ल्याउने आग्रह गनुभयो ।
मुलुक कोरोना भाइरस सङ्क्रमणको जोमिखमा परिरहेका बेला पनि लैङ्गिक हिंसाका घटनाहरुमा कमी आउन सकेको छैन । हाल देशमा बढ्दो रुपमा रहेको कोरोना महामारीबीच पनि यस्ता घटनाहरु सार्वजनिक भइरहेका छन्।
महामारीको समयमा सरकारले आफ्ना नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि काम गर्नुपर्छ । सरकारका साथै सरकारका संयन्त्र र सरोकारवाला निकायहरु सबैले लैङ्गिक हिंसा नियन्त्रण र न्यूनीकरण गर्नका लागि काम गर्नुपर्छ । राष्ट्रिय महिला आयोगले समग्र महिलाको न्यायका लागि काम गर्दै आएको छ । अहिलेको विषम परिस्थितिमा पनि आयोगले सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग मिलेर लैङ्गिक हिंसाका नियन्त्रण र न्यूनीकरणका लागि योजना बनाएर काम गरिरहरेको छ । “कोरोना भाइरकसको जोखिममा लैङ्गिक हिंसाका नियन्त्रण र न्यूनीकरणका लागि स्थानीय तह, गृहमन्त्रालय, प्रहरी, महिला तथा बालबालिका सेल, महिला बालबालिका मन्त्रायलयसँग अनुरोध गरेका छौँ”– आयोगकाका सदस्य कुष्ण कुमारी पौडेल खतिवडाले बताउनुभयो । आयोगले सबै जिल्लाक सबै सरकारी तथा गैरसरकारी संघसंस्थालाई समन्वयात्मक भुमिकामा गर्न आग्रह गर्नुभएको छ ।
“यस्त प्रकृतिका घटना हुनै नदिने, भइहालेको अवस्थामा पीडितलाई न्याय र क्षतिपूर्ति गराउने र पीडकलाई दण्ड दिने कामको भूमिका खेलिरहेका छौँ ।” महामारीबाट बचाउनका लागि गतवर्ष सरकारले गरेको बन्दाबन्दीको अवस्थामा पनि क्वारेन्टिनमै हिंसा तथा दूरव्यवहारका घटना भए । अहिलेको अवस्थामा त्यो हुन नदिन आयोगले शुरुदेखि नै क्रियाशील भएर काम गरिरहेको छ, उहाँले भन्नुभयो । आयोगका सदस्यले पौडेल खतिवडाले आयोगका संयोजकत्वमा सरोकारवाला निकायहरु सहित एउटा समिति समेत गठन भएको जानकारी दिनुभयो ।
लैङ्गिक हिंसाका घटनाहरु दैनिक जसो समाजमा बढिरहेका छन् । कोरोना भाइरसको जोखिमका कारणले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । महामारीको अवस्थामा पनि यस्ता घटना रोकिएको देखिदैन । कोरोना भाइरसको जोखिमबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीकै अवस्थामा गत वर्ष क्वारेन्टिमकै एक महिलामाथि सामूहिक बलात्कार भयो । कैलालीको लम्कीचुहास्थित क्वारेन्टिनमा ती महिलाले हारगुहार गर्दा क्वारेन्टिननजिकै घर भएका सर्वसाधारणले थाहा पाएपछि घटना बाहिर आएको थियो । महामारीबाट ज्यान बचाउनका लागि बनाएको क्वारेन्टिनमा बसेकी महिला त्यहीँ सुरक्षित रहन सकिनन् ।
महामारीका समयमा पनि हिंसा, हत्याका घटनाहरु एकपछि अर्को गर्दै धरै घटना सार्वजनिक भइरहेका छन् । आर्थिक वर्ष २०७७÷०७८ को चैत महिनामा महिला तथा बालबालिकाविरुद्ध भएका अपराधको तथ्याङक हेर्दा कूल एक हजार ९२७ घटना भएको नेपाल प्रहरीको प्रतिवेदनमा देखिन्छ । त्यसमध्ये सबैभन्दा बढी घरेलु हिंसाका एकहजार ४६७ घटना भएको छ । त्यसमा पनि सबैभन्दा बढी प्रदेश नम्बर २ मा ४२५ घटना भएको छ भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ४७ देखिन्छ । केही बढी र कम भन्ने मात्रै सबै प्रदेशमा घरेलु हिंसाका घटना भएको देखिन्छ ।
घरेलु हिंसापछि जबरजस्ती करणीका घटना धेरै भएको देखिन्छ । चैत महिनामा मात्र यस्ता घटना २४४ भएका छन् । त्यसमा सबैभन्दा बढी प्रदेश नम्बर १ मा ५३ वटा घटना भएका छन् । सबैभन्दा कम प्रदेश नम्बर ६ मा १२ वटा मात्र घटना भएका छन् । तेस्रोमा हेर्दा बहुविवाहका घटना ८९ देखिन्छन् । प्रदेश नम्बर १ मा सबैभन्दा बढी १७ वटा बहुविवाहका घटनाको उजुरी आएको देखिन्छ भने सबैभन्दा कम उपत्यकामा ५ ओटा देखिएको छ । त्यस्तै जबरजस्ती करणी उद्योगमा ६२ घटना, बालयौन दुराचारमा ३३, बोक्सीको आरोपमा ७, बालबिवाह ६, अवैध गर्भपतन ५ तथ्याङ्क छ । महामारीको समयमा यस्तै हिंसाका घटना बढ्दै गएपछि राष्ट्रिय महिला आयोगले २०७८बैशाख १५ गते सरोकारवालाहरुसंग छलफलमा सहभागीहरुले दिनु भएको सुझावलाई लिएर आयोगले मन्त्रालय र सम्बन्धित पक्षहरु सबैमा पत्र पठाएको छ ।
“महामारीका अवस्थामा घरेलुहिंसा, महिलाहिंसा, लैङ्गिक हिंसाका धेरै हुने गरेका छन्”– “कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरले मुलुक प्रभावित भएको छ, यस्तो समयमा लैङ्गिग हिंसाका घटना हुन नदिन र भएमा तत्काल उद्वार, क्षतिपूर्ति तथा उचित न्याय दिनका लागि आयोगका निर्णयबाट सरकारले दिनुपर्छ भनेका छौ।’ देशमा देखिएको कोभिड–१९ को दोस्रो लहर नियन्त्रण एवं रोकथामका लागि विभिन्न क्षेत्रमा गरिएका निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा विगतको अनुभवबाट शिक्षा ग्रहण गर्नुपर्ने राष्ट्रिय महिला आयोगले सरकारलाई सुझाव दिएको छ ।
यही वैशाख १५ गते बसेको आयोगका बैठकले दिएको निर्देशनमा भनिएको छ, “महिला, बालबालिका, ज्येष्ठ नागरिक, सवल एवं लैंगिक अल्पसङ्ख्यकहरु माथि हुन सक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न उल्लेखित महिला मैत्री क्वारेन्टिनको प्रवन्ध समयमा नै मिलाउनु जरुरी छ ।” आयोग संघ, प्रदेश, स्थानीय तह सबैले मिलेर यस्ता खालको घटना नियन्त्रणमा लिनु सबैको जिम्मेवारी हो। आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन आयोग, सरकार, गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आयोग सबै जिल्लाका जिल्लामा प्रशासन कार्यालय, जिल्ला प्रहरी , जिल्लामा भएका हस्पिटल सरकारी वकिल कार्यालय महिला, बालबालिका ज्येष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गतासम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको सम्बन्धमा गरेको स्थलगत अध्ययन समेत गरेको थियो । त्यसको आधारमा सरकारलाई निर्देशन दिएको छ ।

