आजको प्रतिनिधि सभा बैठकमा अनुपस्थित एमालेका सांसदहरु यी हुन् (सूचिसहित)

काठमाडौं । नेकपा एमालेका खनाल-नेपाल समूहका २८ सांसद आजको प्रतिनिधि सभा बैठकमा अनुपस्थित भए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आह्वान गरेको बैठकमा उनीहरू अनुपस्थित भएका हुन् ।

पार्टीभित्रको विवाद समाधान गर्न अल्टिमेटम दिएर बसेका उनीहरूले ओलीले समाधानका लागि कुनै कदम नचालेको भन्दै आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए ।

उता, ओलीले संसद्मा विश्वासको मत गुमाएका छन् । ओलीको पक्षमा ९३, विपक्षमा १२४ र १५ जना तटस्थ बसेका थिए । 
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. योगेश भट्टराई
४. जयकुमार राई
५. भवानी खापुङ
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. पवित्रा निरौला
९. जीवनराम श्रेष्ठ
१०.नारायण खतिवडा
११. विरोध खतिवडा
१२. सुरेन्द्र पाण्डे
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. मेटमणी चौधरी
१६.दिपकप्रकाश भट्ट
१७. झपट रावल
१८ . भीम रावल
१९. कृष्णलाल महर्जन
२०. सोमप्रसाद पाण्डे 
२१.रामकुमारी झाँक्री 
२२. मुकुन्द न्यौपाने
२३.कल्याणीकुमारी खड्का
२४. लक्ष्मीकुमारी चौधरी
२५ निरादेवी जैरु
२६ पुष्पाकुमारी कर्ण यादव
२७ सरलाकुमारी यादव
२८.कालिला खातुन

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.