आज प्रतिनिधिसभाको अधिवेशन बस्दै, प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै

बैशाख २७, काठमाडौँ । आज प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि अधिवेशन आह्वान गरेकी हुन् । दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। यसअघि आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले राखेको उक्त बैठकले कोरोना संक्रमण भएका सांसदलाई पनि मतदानको व्यवस्थापन गर्न सकिने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन गाह्रो हुने देखिएका बेला एमालेले ह्वीप जारी गर्दै सबै सांसदलाई प्रधानमन्त्री ओलीका पक्षमा मतदान गर्न भनेको छ । तर एमालेभित्र विवाद उत्कर्षमा पुगेकोले माधव नेपाल पक्षका सांसदले मतदान गर्छन् कि गर्दैनन् अन्योल कायमै छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.