गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

बैशाख २६, काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन्। उनले आइतबार अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका हुन्।

सोमबार उनीविरुद्ध प्रदेशसभामा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची थियो। सो प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा दिएका हुन्। गुरुङ विरुद्ध विपक्षी काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाले अविश्वास प्रस्ताव ल्याएका थिए। केही दिनअघि सो प्रस्तावमाथि मतदान हुनेदिन जनमोर्चाका एकजना सांसद खिमविक्रम शाही ‘बेपत्ता’ भएपछि उनको पद जोगिएको थियो। त्यतिबेला कोरोना संक्रमण भएका शाही अहिले ठिक भइसकेका छन्।

जनमोर्चाले साथ नदिने पक्का भएपछि अविश्वास प्रस्तव पारित हुने लगभपग पक्का थियो। अविश्वासको प्रस्तवमाथि छलफल हुनुअघि नै गुरुङले राजीनामा दिएपछि विपक्षीहरुले प्रस्ताव गरेका नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

लुम्बिनीका शंकर पोखरेलपछि राजीनामा दिने गुरुङ दोस्रो मुख्यमन्त्री हुन्। पोखरेल राजीनामा दिएकै दिन पुनः मुख्यमन्त्री बनेका थिए। तर, गुरुङको पस्थिति भने फरक छ। लुम्बिनीम पोखरेल मुख्यमन्त्रीमा पुनःनियुक्त हुँदा एमालेको एकल बहुमत थियो। तर गण्डकीमा एमालेको एकल बहुमत छैन। तर, सबैभन्दा ठूलो पार्टी भने हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.