जीवन के हो भनी सोध्दा
जीवन संघर्ष, सामाना र यात्रा भन्छिन् मेरी आमा
प्रेमलाई कसरी परिभाषित गर्नुहन्छ भनी सोध्दा
प्रेम त्यो हो जुन रिस, ईष्य, डाहा नगरी सफलतापुर्वक हासिल गर्छौ सुम्सुम्याउदै भन्छिन् मेरी आमा
सफलता पाउन के गर्नु पर्छ भनि सोध्दा
असफलतामा भोगेका अनुभवलाई सुनाउदै भन्छिन् मेरी आमा
सुख कसरी प्राप्त गर्ने हो भनी सोध्दा
दुखको पिडाहरु सम्झिदै भन्छिन् मेरी आमा
महानता कसरी बन्ने भनी सोध्दा
शहनसीलता, साहस र दृढतापुर्बक सामना गर्न सिक्नुपर्छ भन्छिन् मेरी आमा
खुसी हुन के गर्नुपर्छ सोध्दा
आशु बगाएको ती दिनहरु रुदै भन्छिन मेरी आमा
सकरात्मक सोच्न के गर्नुपर्छ भनी सोध्दा
नकरात्मक सोचलाई त्याग्नु पर्छ भन्छिन मेरी आमा
उर्जाशील हुन के गर्नुपर्छ भनी सोध्दा
आफुले गरेको मेहनत, लगाव, समपर्ण र दिगो काम देखाउदै भन्छिन् मेरी आमा
– जमुना वाईवा
जन स्वास्थ्य कर्मी, रामेछाप

