गृहमन्त्री थापा र डा. देवकोटाद्वारा राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दर्ता

बैशाख २४, हेडौटा । वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि हुने उपनिर्वाचनका लागि दुईजनाले उम्मेदवारी दिएका छन्।

सत्तारुढ नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उम्मेदवारी दिएका छन्। शुक्रबार बिहान बसेको एमाले स्थायी कमिटी बैठकले उम्मेदवार चयन गरेपछि सिम्रिक एयरको हेलिकोप्टरबाट उनी निर्वाचन अधिकृतको कार्यालय मकवानपुर पुगेका थिए। पुगे लगत्तै उनले मनोनयन पत्र दर्ता गराएका छन्।

मनोनयनमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक र समर्थक प्रदेशकै सामाजिक विकासमन्त्री सरस्वती बस्नेत भएकी छिन्। स्वतन्त्ररूपमा डा. खिमलाल देवकोटाले पनि उम्मेदवारी दिएका हुन् । उनको मनोनयन पत्र दर्ता भएको छ। उनी कांग्रेस, माओवादी, एमालेको ‘नेपाल–खनाल’ पक्ष र जसपाको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका हुन्।

माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जमकट्टेल प्रस्ताव र समर्थक कांग्रेस सांसद राधा घले रहेकी छिन्।उपनिर्वाचन आगामी जेठ ६ गते हुने भएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.