‘धेरै कुराहरु गर्न बाँकी छ बाबा’

तपाई मसंगै नभएर के भो र बाबा
मसंग तपाईले दिनुभएको अमूल्य माया बाँकी छ ।

तपाई मसंगै नभएर के भो र बाबा
मसंग तपाईले देखाउनुभएको बाटोहरु बाँकी छ ।
तपाई मसंग भौतिक रुपमा नबोलेर के भो र बाबा
मसंग तपाईले गर्नुभएको अविस्मरणीय बातहरु बाँकी छ ।

तपाई मसंगै संघर्षका बाटोमा नभएर के भो र बाबा
मेरो लागि तपाईले गर्नुभएको संघर्षको प्रतिफलहरु बाँकी छ ।
तपाई मसंगै नभएर के भो र बाबा
मसंग तपाईले सिकाउनुभएका पाठहरु बाँकी छ ।

तपाई यो युद्धको मैदानमा नभएर के भो र बाबा
मसंग तपाईले दिनुभएको हौसाला र सहास बाँकी छ ।

तपाई मसंगै भौतिक रुपमा नभएर के भो र बाबा
मसंग तपाईले देखाउनुभएको सपनाहरु बाँकी छ ।

आज तपाई मसंगै आफ्नो सपना पूरा गर्न नपाएर के भो र बाबा
मसंग तपाईले देखाउनुभएको ती सपना र आर्शिवादहरु अझै बाँकी छ ।
हो बाबा म हजुरको माया र सदभावलाई सधै शीरमा राखिरहनेछु ।
अनि हजुरको सत्कर्म र मायालाई आत्मसाथ गर्दै, मेरो पहिचान बनाउनेछु ।

– मिनु मोक्तान , रामेछाप

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.