प्रेमध्वज प्रधानले नेपाली गीत संगीत क्षेत्रमा पुर्‍याएको योगदान स्मरणीय: प्रधानमन्त्री

बैशाख २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधनप्रति दु:ख व्यक्त गरेका छन्।

प्रधानलाई ‘मूर्धन्य’ गायक भन्दै उनको निधनले दुःखी तुल्याएको पनि उनले बताए।

दिंवगत प्रधानप्रति प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक सन्तप्त परिवारजनमा पनि गहिरो समवेदना प्रकट गरे।

स्वर्गीय प्रधानको नेपाली गीत संगीतको क्षेत्रमा योगदान सदा स्मरणीय रहने पनि प्रधानमन्त्री ओलीले बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.