एमाले स्थायी कमिटिको बैठक सकिने बित्तिकै प्रधानमन्त्री पुगे राष्ट्रपति निवास

बैशाख २३, काठमाडौँ । नेकपा (एमाले) को आजको स्थायी कमिटी बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि जारी बसेको बैठक भर्खरै सकिएको हो ।

आजको बैठकमा आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पार्टीलाई जिताउने गरि के गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतका विषयमा पनि छलफल भएको उनले बताए । उनका अनुसार यस बाहेक अन्य विषयहरुमा बैठक प्रवेश गरेन । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । तर उनले विश्वासको मत पाउने सम्भावना न्युन हुँदै गएको छ ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बिहीबार शीतल निवास पुगेका छन् । बालुवाटारमा स्थायी कमिटी बैठक सकाएर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका हुन् । बालुवाटारमा आज एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.