बैशाख २३, काठमाडौं । औषधि व्यवस्था विभागले महामारीको अवस्थामा औषधिको नियमित आपूर्ति तथा सहज वितरण गर्न निर्देशन दिएको छ ।
विभागले बुधबार सूचना जारी गर्दै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा उपचारमा प्रयोग हुने औषधिको माग पनि अत्यधिक भएकाले अभाव हुन नदिन यस्तो निर्देशन दिएको हो । आपूर्तिका क्रममा केही कठिनाइ भए तुरुन्त विभागमा सम्पर्क गर्न पनि विभागले सूचित गरेको छ ।
यस्तै, जटिल प्रकारका कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने रेमडिसिभरको सहज आपूर्तिका लागि आधिकारिक आयातकर्ताबाट आयात सिफारिस माग भएमा तत्कालै अनुमति प्रदान गरिने पनि विभागले जनाएको छ ।

