संसदमा प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

बैशाख २१, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने जनाउँदै बजेट अधिवेशन बोलाएपछि कांग्रेसले बैठक आह्वान गरेको थियो।

बैठकमा वर्तमान पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु सहभागी थिए। यस अघि सोमबार बस्ने तय भएको पदाधिकारी बैठक पार्टीका शीर्ष नेताहरु बिरामी भएको भन्दै कांग्रेसले आजका लागि स्थगित गरेको थियो।

आजको बैठकमा अबको राजनीतिक रणनीति र विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि छलफल र समीक्षा भएको कांग्रेसले जनाएको छ।

आजै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ भने एमालेका नेपाल खनाल पक्षले पनि संयुक्त राजीनामा दिने तयारी गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.