उत्तर कोरियामाथिको प्रतिबन्ध जारी राख्ने सहमति

साउन २५, काठमाडौं । जापान र संयुक्त राष्ट्रसंघ उत्तर कोरियामाथिको संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध जारी राख्ने पक्षमा रहेका छन् । प्रधानमन्त्री शिन्जो आबे र जापान संयुक्त राष्ट्रसंघका महासचिब एंटोनियो गुतेरेसले सो सहमति गरेका हुन् ।

गुतेरेस र आबेबीच बुधबार बिहान टोकियोमा भएको भेटवार्तामा सो सहमति भएको हो । गुतेरेस बिहिबारको दक्षिण पश्चिमी जापानको नागासाकीमा अमेरिकी एटम बम हमलाको ७३ औ वार्षिकोत्सवमा शहरमा हुने स्मृति सभामा भाग लिने छन् । आबेले गुतेरेससंग भने उनि यस सभामा भाग लिने पहिलो संयुक्त राष्ट्रसंघका महासचिव भएकाले उनको उपस्थितिको लागि धन्यबाद ज्ञापन गरेका छन् । गुतेरेसले भने दुई एटम बम हमलापछि जापानको नागरिकहरुद्वारा देखिएको सहन शक्ति र शान्तिको लागि उनीहरुको संदेश निक्कै महत्त्वपूर्ण रहेको बताए ।

आबे र गुतेरेसले उत्तर कोरियाको मुद्धामा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावमा आधारित प्रतिबन्ध चालु राख्नपर्ने कुरामा साझा धारणा राखेका छन् । छलफलका क्रममा उत्तरद्वारा अपहरित जापानिज नागरिकको मुद्धा पनि चाँडोभन्दा चाडो समाधान हुनपर्ने पनि बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.