सर्लाहीको हरिवनमा ७० खेलाडीलाई खेल सामग्री वितरण

बैशाख २०, काठमाडौँ । सर्लाहीको हरिवनमा शनिवार पुरुष ४० र महिला ३० जना गरी ७० जना खेलाडीलाई खेल  सामग्री वितरण गरिएको छ ।

हरिवन नगरपालिकाले गरेको विशेष सहयोगमा हरिवन यूथ क्लबले आयोजना गरेको कार्यक्रममा खेलाडीहरुलाई जर्सी, बुट लगायतका खेल सामग्री प्रदान गरिएको हो । सनराईज आवासिय विद्यालयको मैदानमा जारी हरिवन उपमेयर फुटबल प्रशिक्षणका अवसरमा खेलाडीहरुलाई खेल सामग्री प्रदान गरिएको आयोजक हरिवन यूथ क्लबका सचिव सन्दिप थापाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले महिला खेलाडीहरुलाई प्रशिक्षणका लागि आउनजान सजिलोका लागि छिट्टै साइकल उपलब्ध गराउने उद्घोष गरेका छन् । यस्तै, कार्यक्रमकी विशिष्ठ अतिथि हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलले आगामी दिनमा पनि खेलाडीहरुलाई यस्तो प्रकारको सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरिन् ।

क्लबका अध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षतामा आयोजित कार्यक्रममा हरिवन–११, का वडाध्यक्ष शेष मेहबुब रेजा, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ, खेलकुद महासंघका केन्द्रीय सदस्य युवराज पुलामी र बिनय राई, युवा समाजसेवी बिजय पुलामी, लाली गुराँस साँस्कृतिक युवा क्लबका अध्यक्ष रोहन दाहाल लगायत सहभागी हुनुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.