बैशाख १८, काठमाडौं । कञ्चनपुरमा आज बिहान थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
महाकाली प्रादेशिक अस्पतालमा उपचार गराइरहेका भीमदत्त नगरपालिका–१८ का नरेन्द्र विष्ट र भीमदत्त–७, हल्दुखालकी डम्मरा भण्डारीको मृत्यु भएको हो ।
अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीका अनुसार कञ्चनपुरमा पछिल्लो एक सातामा १२ जना बढीको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । अस्पतालमा २६ जना स्वास्थ्यकर्मी समेत संक्रमित भएका छन् ।

