आज मन्त्रिपरिषद् बैठक बस्दै

वैशाख १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

बैठक आज बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा सीसीएमसीको प्रस्तावलगायत बारेमा छलफल हुने बताइएको छ ।

शुक्रबार बसेको सीसीएमसी बैठकले कोभिड–१९ नियन्त्रणका लागि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.