बैशाख १८, काठमाडौँ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा जारी भएको निषेधज्ञाको तेस्रो दिन आज आम नागरिकले सचेतपूर्वक नियमको पालन गरिरहेका छन् । तर केही व्यक्तिहरु भने प्रहरीको कारवाहीमा समेत परेका छन् । सरकारले जारी गरेको नियम उल्लंघन गर्ने केही सवारी चालकहरुलाई भने कारवाही गरेका छन् । विभिन्न बहाना र सवारी पासको दुरुपयोग गरी यात्रा नगर्न प्रहरीले अनुरोध गरेका छन् ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । विमानस्थल जाने यात्रु चढेका सवारी साधनलगायत निषेधाज्ञामा खाद्यन्न, औषधि, दूध, पानी, तरकारी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित सवारी साधन र अत्यवाश्यक सवारी साधनलाई पास बनाई चल्न दिइएको छ ।
अरु बेला व्यस्त सडक निषेधज्ञाको कारण सुनसान देखिए पनि केही सवारी साधनहरु भने चलिरहेका छन् । सरकारले अतिआवश्यक बाहेकलाई बाहिर ननिस्किन अनुरोध गरेका छन् । आझ भने बौद्धदेखि पाटन अस्पतालसम्मको यात्रामा केही दृश्यहरु कैद गरेको छ ।
तस्बीरः ज्ञानकानी तामाङ


