कोभिड अस्पतालमा एक संक्रमितले गरे आत्महत्या

बैशाख १८, काठमाडौं । रुपन्देही सैनामैनाका एक कोरोना संक्रमित पुरुषले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा रानिबगियाका ४० वर्षीय पुरुषले आज बिहान शौचालयमा आत्महत्या गरेका हुन् ।

उनले विहान ४ बजे झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनी वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य थियो । उक्त अस्थायी अस्पतालमा हाल ९ जना संक्रमितले उपचार गराइरहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.