इजरेल भागदौडः पर्व मनाउने क्रममा भागदौड हुँदा दर्जनौँको मृत्यु

बैशाख १७, काठमाडौँ । इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको ज्यान गएको विवरण प्राप्त भएका छन्।

उत्तरी इजरेलस्थित माउन्ट मेरोनको फेदीमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए। आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन्। तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरूले बताएका छन्। वार्षिक हुने उक्त पर्व गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण रोकिएको थियो। यसपालि पनि धेरै भिडले गर्दा थप महामारी हुने हो कि भन्ने चिन्ताहरू व्यक्त गरिएको थियो।– बिबिसि नेपाल

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.