उप निर्वाचनका विषयमा आयोगका पदाधिकारीलाई निर्देशन

साउन २५, काठमाडौं । सरकारले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको उपनिर्वाचनको तयारी सुरु गरेको छ । भदौको अन्तिम वा असोजसम्म चुनाव गर्नेगरि तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उप निर्वाचनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई निर्देशन दिइसकेका छन् ।

उप–निर्वाचनका लागि सबभन्दा पहिले स्थानीय तह निर्वाचन ऐन २०७३ मा संशोधन गर्नुपर्ने छ । यो महिना भित्र ऐन संसोधन गर्ने र असोजको पहिलो हप्तासम्म ढिलोमा चुनाव गर्नेगरि तयारी गर्न निर्वाचन आयोगलाई आग्रह गरिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए । निर्वाचन आयोगका अनुसार स्थानीय तहमा मात्रै १९ जिल्लाका नगरपालिका प्रमुख, गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यलगायतका २०७ पद रिक्त रहेका छन् ।

निर्वाचन आयोगका अनुसार, जम्मा ७७ जिल्लामध्ये १९ जिल्लाका नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य गरी कुल २०७ पदमा उपनिर्वाचन गराउनुपर्नेछ । निर्वाचन आयोगले स्थानीय तहमा जिल्ला समन्वय समितिका पदाधिकारी, वडा अध्यक्ष र वडा सदस्यको पद रिक्त हुन गएका तर स्थानीय तह निर्वाचन ऐन, २०७३ मा ती पदमा उपनिर्वाचन गर्नेसम्बन्धी प्रावधान नभएकाले ऐन यथासक्य छिटो संशोधन गर्नुपर्ने सुझाव दिएको छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.