यात्रु आवागमन स्थलमार्गबाट मात्रै बन्द गर्ने निर्णय पुनर्विचार गर्न व्यवसायीको माग

बैशाख १५, काठमाडौँ । यातायात व्यवसायी राष्ट्रिय महासंघले निषेधाज्ञामा यात्रु स्थलमार्गबाट मात्रै आवागमन बन्द गर्ने गरी सरकारले गरेको निर्णय पुनर्विचार गर्न माग गरेको छ।

महासंघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हवाई यातायात खुला राखेर स्थल यातायात बन्द गर्ने निर्णय विभेदपूर्ण व्यवहार भएको भन्दै यस्तो माग गरेको हो। स्वास्थ्य मापदण्ड पालना गरी स्थलमार्गबाट पनि यात्रु ओसारपसार गर्ने गरी वातावरण तयार पार्न महासंघका महासचिव सरोज सिटौलाले जारी गरेको विज्ञप्तिमार्फत आग्रह  गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.