साउन २५, काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीमा रहेको नेपाली फुटबल टोलीले आज थाईल्याण्डसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।
एसियाडको तयारीका लागि थाईल्याण्डमा १० दिने विशेष प्रशिक्षण गरिरहेको नेपाली यूथ २३ टोलीले आज थाईल्याण्डको सोही उमेर समूहको टोलीसँग खेल्न लागेको हो । यसअघि गत मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्थानीय पुलिस टेरो क्लवले १–० ले हराएको थियो ।
एसियाडमा फुटबलतर्फ २३ वर्षमुनिको टोलीले प्रतिस्पर्धा गर्दछ । तर ओलम्पिकको नियमअनुसार तीनजना भने सिनियर खेलाडी राख्न सकिन्छ । नेपाली टोलीमा सिनियर खेलाडीको रुपमा किरण चेम्जोङ, रोहित चन्द र विशाल राईलाई समावेश गरिएको छ । १८ औं एसियाली खेलकुद भदौ २ गतेदेखि इन्डोनेसियामा हुँदैछ । तर फुटबलका खेलहरु भने एसियाडको औपचारिक उद्घाटन हुनुभन्दा ४ दिन अघि साउन २९ गते नैं सुरु हुनेछन् ।