बागमति प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

बैशाख १५, काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त तीन मन्त्रीसहित एक राज्यमन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्रीमा सरेश नेपाल, सामाजिक विकासमन्त्रीमा सरस्वती बस्नेत, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशव पाण्डे, सामाजिक विकास राज्यमन्त्रीमा डा. रामकुमार अधिकारीले शपथ लिएका हुन् । प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले उनीहरुलाई हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) का नेता माधवकुमार नेपाल पक्षलाई बाहिरै राखेर बुधबारै प्रदेश मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.