मन्त्रिपरिषद् बैठक: आन्तरिक उडान तत्काल नरोकिने, सीमानाकामा कडाइ

बैशख १४, काठमाडौँ । सरकारले आन्तरिक उडान तत्काल नरोक्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको हो।

विदेशबाट आउने यात्रुले अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने बैठकले निर्णय गरेको छ। हवाई यात्रुहरूमा स्वास्थ्य प्रोटोकल कडाइपूर्वक पालना गरे÷ नगरेको निगरानी सम्बन्धित निकायले गर्ने बताइएको छ। सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरेको थियो। सीसीएमसीले गरेको सिफारिस अनुसार भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षा अर्को आदेश नभएसम्मको लागि स्थगित गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्ने भएको छ। बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० र उपत्यकाका साथै तराई(मधेसमा ५०० बढी संक्रिय संक्रमित भएका जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गर्न सक्ने बैठकले निर्णय गरेको छ। यसैगरी सीमानाकामा कडाइ गर्न निर्देशन दिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.