चौबीस घण्टामा १२ जनाको मृत्यु, ३४४२ जनामा संक्रमण

बैशाख १३, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा तीन हजार ४४२ जनामा कोरोना संक्रमण भएको छ ।

तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १७६ पुगेको छ । संक्रमितको संख्या तीन लाख तीन हजार ५६१ पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ ।  चौबीस घण्टामा ३७८ जना निको भएका छन् । हालसम्म नेपालमा दुई लाख ७७ हजार ९५१ कोरोना संक्रमित निको भइसकेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.