बैशाख १२, काठमाडौं । ‘शून्य औलोको लक्ष्यमा पुग्दै छौँ’ भन्ने नाराका साथ आज विश्वभर औलो दिवस मनाइँदै छ ।
नेपालमा सन् २०१७ यता औलो रोगबाट मृत्यु शून्य भएको र रोगीको संख्या दुई हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । सन् २०२५ भित्रमा नेपालबाट औलो निवारण गर्ने लक्ष्य राखिएको छ ।
कोभिड–१९ को संक्रमण बढिरहँदा औलो रोगको जोखिममा रहेका समूह झनै प्रभावित हुने भएकाले लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकार तथा निजी क्षेत्रलाई समन्वय गरेर अघि बढ्न स्वास्थ्य तथा जनसंख्यमामन्त्री हृदयेश त्रिपाठीले अनुरोध गरेका छन् ।

