भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिब्रता दिनुपर्छ : मन्त्री नेम्बाङ

बैशाख ११, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मूलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन्।

शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका हुन्। नेपाल सरकारले बोकेको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए।

अहिले मूलुकमा नयाँनयाँ सुरुङमार्ग, रेलमार्ग, एयरपोर्ट, सिँचाई आयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकाश गर्नुपर्ने पनि बताए ।

मूलुकमा निर्माण हुने ठूलाठूला भौतिक पूर्वाधारको निर्माणलाई तिब्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरुबिना सम्भव नभएको पनि बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.