कार्यान्वयनमा नआउँदै संहिता संशोधनको प्रस्ताव

साउन २५, काठमाडौं। मुलुकी ऐन प्रतिस्थापनका लागि पारित भएका पाँचवटै संहिता कार्यान्वयनमा आउनुपूर्व नै संशोधन हुने भएको छ ।

संहिता संशोधनसम्बन्धी विधेयक सरकारले बुधबार संघीय संसद्मा दर्ता गरेको छ । सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक दर्ता गर्नुभएको हो । संशोधनका धेरै विषय भाषागत त्रृटिसँग सम्वन्धित छन् । केही नयाँ विषय पनि समावेश गरिएका छन् ।  सरकारले मुलुकी अपराध संहिता, त्यससम्बन्धी कार्यविधि, मुलुकी देवानी संहिता र त्यससम्बन्धी कार्याविधि, फौजदारी कसुर तथा सजाय निर्धारण सम्बन्धी ऐन समेतमा संशोधन प्रस्ताव दर्ता गरेको हो । भदौ १ गतेदेखि मुलुकी ऐन प्रतिस्थापन भइ संहिता लागू हुने भए पनि त्रृटि सच्याउने विधेयक भने त्यसको एक साताअघि मात्र संसदमा दर्ता भएको छ ।

विधेयक संशोधन नहुँदासम्म हालकै व्यवस्था अनुसार काम कारबाही चलिरहने सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही विषय संशोधनका लागि गएका छन् । जसमा कार्यविधिका विषय पनि छन् । संशोधन नहुँदासम्म अहिलेकै व्यवस्थामा रहेर कार्यसम्पादन हुँदै जान्छ ।’ ऐन कार्यान्वयनका लागि नियमावली तथा निर्देशिका बनाउने क्रममा फेला परेका त्रृटि सच्याउन संशोधन दर्ता गरिएको हो ।

प्रस्ताव अनुसार नाम पनि परिमार्जन हुनेछ । जसमा हाल राखिएको ऐन हटेर संहितामात्र कायम रहनेछ । यस्तै, संहितामा अहिले कायम रहेको ७५ प्रतिशत कैद भुक्तान गरेको व्यक्तिलाई चालचलनका आधारमा सजाय मिनाहा गर्न सक्ने व्यवस्था परिमाजएन गर्न प्रस्ताव गरिएको छ । जसलाई ५० प्रतिशत बनाइएको छ । अहिले ४० प्रतिशत कैद भुक्तान गरेको व्यक्तिले कारागार प्रमुखको सिफारिसका आधारमा कैद मिनाहा गर्न सक्ने व्यवस्था छ ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.