सावधान ! नोटमा केरमेट गर्नेलाई अब ३ महिनासम्मको जेल सजाय हुने

साउन २४, काठमाडौं । नोटमा केरमेट गर्नेलाई अब ३ महिनासम्मको जेल सजाय हुने भएको छ।

नेपाल राष्ट्र बैंकले नयाँ सूचना जारी गर्दै भदौ १ देखि लागू हुनेगरी नोटमा केरमेट गर्नेलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना सजाय हुने जनाएको छ।

केरमेट गर्नेलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धी कसुरअन्तर्गत कारबाही हुने राष्ट्र बैंकको भनाई छ।

इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सो सम्वन्धमा जानकारी गराउन राष्ट्र बैंकले भनेको छ। नोटमा केरमेट गर्नेलाई कानूनी रुपमा सो सजाय हुने भनिएपनि कार्यान्वयन नभएपछि राष्ट्र बैंकले पुनः निर्देशन जारी गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.