एमाले विभाजन रोक्न ओली र नेपालबीच मेरियट होटलमा वार्ता

बैशाख ८, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नागपोखरीस्थित होटल मेरियटमा वार्ता सुरु भएको छ।

नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला आजको वार्तालाई निर्णायक मानिएको छ।  ओली पक्षबाट अर्थमन्त्री विष्णु पौडेल वार्तामा सहभागी रहेका स्रोतले जनाएको छ।

आजै नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए। सोहीअनुसार आज नेताहरुबीच संवाद भएको बुझिएको छ।

एमाले विवाद चरम उत्कर्षमा पुगेका बेला आजको संवाद सकारात्मक भए पार्टी जोगिने नत्र फुट्ने आँकलन गरिएको छ। आजै नेकपा एमालेबाट निलम्बनमा परेका चारजना नेताहरूले २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.