बैशाख ७, काठमाडौँ । प्रेम कथामा आधारित तामाङ गीत ‘सिङ्बा सिङ्बा’ को म्यूजिक भिडियोमा नायिका रजनी गुरुङ र मोडल सागर मोक्तानले अभिनय गरेका छन् ।
तामाङ भाषको प्रेम गीतमा नायिका गुरुङले निकै रोमाण्टिक शैलीमा आफ्नो प्रस्तुति दिएकी छन् भने मायाको अर्थ बुझाउन मोडल सागर मोक्तानले रजनीलाई प्रेमील भाव दर्शाउन खोजिएको देखिन्छ । गीत संगीत आफैमा माया, पिरती र सम्बन्धलाई सहजीकरण गर्ने बलियो आधार भएकै कारण उक्त तामाङ भाषाको गीतमा नायिका गुरुङले निकै प्रफुल्लित भएर आफ्नो प्रस्तुती दिन सफल भएकी छन् । उक्त गीतको भिडियोमा नायक तथा निर्देशक अमिर दोङले निर्देशन रहेको छ । अजय रेग्मीले छयांकन गरेको म्यूजिक भिडियोको सम्पादन दीर्घा खड्काले गरेका छन् भने रंग संयोजन भने राजेन्द्र मोक्तानको रहेको छ ।
प्रेमिल शैलीको यस गीतमा स्वर चर्चित गायक तथा संगीतकार विशाल काल्तान र गायिका जीतु लोप्चनको रहेको छ । यस गीतलाई स्वयंम गायक काल्तानले शव्द र संगीतवद्द गरेका हुन्। गीतमा चन्द सिंको संगीत संयोजन रहेको छ।

