बैशाख ७, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध १ हजार ४८० ट्याब्लेट नाइट्राजेपाम सहित रौतहट बनबोहरी गाउँपालिका– ४ बस्ने २० वर्षीय गुड्डु आलमलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ७ ख ११११ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यता मोरङको विराटनगर महानगरपालिका– १६ दक्षिण गेटबाट नियन्त्रित लागूऔषध ५ एम्पुल फेनारगन, ८ एम्पुल लुपिजेसिक, ८ एम्पुल डाईजाल्याप र ८ एम्पुल एभिल सहित सुनसरी धरान उपमहानगरपालिका(१९ बस्ने ३१ वर्षीय मन्तस खड्कालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

