काठमाडौं प्लाजामा नेपाल ट्रष्टको ताल्चा

बैशाख २, काठमाडौ । नेपाल ट्रष्टको कार्यालयले काठमाडौं प्लाजामा बिहीबार ताल्चा लगाएको छ । नेपाल ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यका अनुसार दुईवटा व्यावसायिक कम्पनी सिल गरिएको छ ।

उनले अरु सबै व्यवसायीले खाली गरिसकेको र प्लाजामा रहेको ज्योति विकास बैंकले चार दिनभित्र शाखा सार्ने भनेकाले त्यसलाई नहटाएको बताए । त्यहीँ रहेको मुक्तिनाथ विकास बैंकको कार्यालयलाई नेपाल राष्ट्र बैंकको अनुरोधमा केही समयको लागि त्यहीँ सञ्चालन गर्न दिइने भएको सचिव आचार्यको भनाइ छ । व्यवसायीहरुको सम्झौता सकिएको १० महिना सकिँदा पनि अहिलेसम्म खाली नगर्दा ट्रष्टले सिल गरी ताल्चा लगाएको हो । ‘‘हामीले सुरक्षा निकायको टोली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्य, स्थानीय जनप्रतिनिधिको रोहबरमा भवनको मुचुल्का उठाई सिल गरेका छौँ । पहिले नै हामीले खाली गर्न भनेपछि प्रायःले यसअघि नै खाली गरिसकेका थिए ।

हामीले २०७७ असारदेखि नै खाली गर्न पत्राचार गरे पनि केही कम्पनीले अटेर गरिरहेका थिए,” सचिव आचार्यले भने, ‘‘व्यवसायीले अटेरी गरेका कारण कन्सेप्ट लेभलपर्स कम्पनीले पनि नियन्त्रणमा लिन सहमति जनाइसकेपछि सिल गरेका हौँ । आइतबारसम्म उक्त व्यवसायीलाई सम्पर्कमा ल्याएर सबै भवन खाली गर्न लगाई ट्रष्टको कार्यालयको अधिनमा ल्याउनेछौँ ।”कम्पनीसँगको ठेक्का सम्झौता सकिएको १० महिना बितिसक्दा पनि खाली नगराइँदा ट्रष्टको कार्यालयले बल प्रयोग गरी प्लाजा खाली गराउनुपर्ने अवस्था आएको ट्रष्टको कार्यालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.