स्रोत नखुलेको आठ लाख रुपैयाँसहित पक्राउ

बैशाख १, काठमाडौं । पर्सामा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–३, छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवानप्रसाद कलवार छन् ।

वीरगन्ज महानगरपालिका–६० स्थित सडकबाट उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साइकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको जनाइएको छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विपरीतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.