निजामती सेवा गठनसम्बन्धी विधेयक फिर्ता नगरे आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी

चैत ३१, काठमाडौँ । नेपाल निजामति कर्मचारी युनियन संघले संघिय निजामति सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संघले देशभरका कर्मचारी सडकमा उत्रिएर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको हो ।

नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल प्रसाद पोखरेलले प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा गठन सम्बन्धि विधेयक साविक निजामती सेवा ऐन २०४९ भन्दा पनि प्रतिगामी भएकोले तत्काल फिर्ता गर्नुपर्ने माग गरे । उनले भने,‘यो विधयेक प्रतिगामी छ, तत्काल फिर्ता गर्नुपर्छ नत्र आन्दोलनको आँधीबेहरी सृजना गर्छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विधेयकप्रति आफू सन्तुष्ट नभएको बताइसकेकाले फिर्ता गर्नुको विकल्प नभएको बताए । कर्मचारीले उठाएको मागलाई बेवास्ता गरी विधयेक ल्याइएको भन्दै हस्ताक्षर अभियान चलाएर सम्बन्धित निकायहरु र प्रमुख राजनीतिक दलका नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाउने बताए । स्वास्थ्य सेवाका कर्मचारीहरुलाई २ ग्रेड मात्र दिएर र स्थानिय सेवाको कर्मचारीहरुलाई ग्रेड पनि नदिई समायोजन गरेको भन्दै उनले कर्मचारीमाथि भएको भेदभाव र अन्यायलाई अन्त्य गरी सम्बोधन गर्न आवश्यक प्रवन्ध गरी ग्रेड वृद्वि र बढुवा गर्न जोडदार माग गरे । उनले भने, ‘यो सरकारले निजामती संघलाई धेरै प्रहार गरेको छ ।’

पोखरेलले आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशिघ्र ऐन बमोजिम सम्पन्न गर्नु पर्नेमा जोड दिए । संघका उपाध्यक्ष उत्तम कुमार कटुवालले कोभिड–१९बाट संक्रमित भई मृत्यु भएका राष्ट्रसेवक कर्मचारीहरुको परिवारलाई तोकिएको सेवा सुविधा सहित एकमुष्ट १० लाख रुपैयाँ उपलब्ध गराउन माग गरे । एउटै पदको सेवामा रही बढुवाका लागि न्यूनतम सेवा अवधि पुरा गरेको कर्मचारी अनिवार्य वा स्वेच्छिक अवकास हुँदा निजलाई एक तह ÷श्रेणी माथिको पदमा बढुवा गरी अवकास दिन वर्तमान निजामती सेवा ऐन,२०४९ को दफा २० र ३५ मा भएको व्यवस्थालाई थप परिमार्जनसहितको प्रावधान राख्न सुझाव दिए ।

कार्यक्रम संचालक तथा संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले सामाजिक संजालमा विचार अभिव्यक्त गरेका भरमा सेवा निवृत्त कर्मचारीको निवृतभरण रोक्ने तथा राजिनामा स्वीकृत गर्ने जस्ता अलोकतान्त्रिक र प्रतिगामी प्रावधानहरु समावेश गरी संघीय निजामती सेवा ऐन ल्याउन नदिन खवरदारी गरे । नेपाल निजामती कर्मचारी युनियन संघका उपाध्यक्ष तेज कुमार केसि, उत्तम कटुवाल, उपमहासचिव दुर्गाप्रसाद फुयाल, सचिव जनक रावल, अशोक कुमार रोनियार, केन्द्रिय सदस्य चन्द्र बहादुर खड्का, पुर्ण बहादुर खड्का, जगत बहादुर पाठक, भुपेन्द्र अधिकारी लगाएत २०÷२५ जनाको उपस्थिति रहेको थियो ।
नेपाल निजामती कर्मचारी युनियन संघले आगामी बजेटको सम्बन्धमा तयार पारेको घोषणा पत्र आज सार्वजनिक गरेको छ । संघले चैत्र २७ र २८ गते काठमाडौंमा सम्पन्न भएको राष्ट्रिय भेलाबाट पारित र ट्रेड युनियनका अध्यक्षहरुको सुझावको आधारमा ४३ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा कर्मचारीको हकहितको संरक्षण र संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक फिर्ता गर्ने अभियानलाई प्राथमिकतामा राखिएको छ ।

घोषणापत्रमा भनिएको छ,‘ नेपाल निजामती कर्मचारी युनियन आफ्ना पेशागत मूल्यहरू राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र व्यवसायिकताप्रति रहेको प्रतिवद्धता दोहोर्याउदै सरुवा, बढुवा, तालिम, अनुशासन तथा आचरणहरुको परिपालना र वृत्तिविकासमा विचार, आस्था र अन्य यस्तै आधारमा गरिरहेको विभेद र भेदभावको भत्र्सना गर्दै निजामती सेवा र कर्मचारीमाथि भई रहेको अवस्थाका आधारमा भएका आतंक बन्द गर्न जोडदार रुपमा माग गर्दछौं ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.