नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्ने

चैत ३१, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर बुधबार देवबासीको नाममा सम्वोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर बुधबार विहान ८ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा संवोधन गर्ने तय भएको हो।

‘भोलि नयाँ अवसरको अवसरमा प्रधानमन्त्रीले देशबासीका नाममा सम्वोधन गर्ने तय भएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले डिसी नेपालसँग भने। सम्वोधनका क्रममा प्रधानमन्त्रीले नयाँ वर्षको शुभकामना दिनुका सबै देशको समग्र विषयमा देशबासीलाई जानकारी दिने बताइएको छ। सम्वोधनमा प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि आफ्नो नेतृत्व गरेको कामको विषयमा पनि जानकारी दिने बताइएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.