विश्वमा कोरोना : भारतमा गत २४ घण्टामा डेढ लाख बढी संक्रमित

चैत ३०, काठमाडौं। भारतमा गत २४ घण्टामा डेढलाख बढी कोरोनाका संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १ लाख ६९ हजार कोरोनाका नयाँ विरामी थपिएक हुन।

योसँगै भारतमा कोरोबाट संक्रमित हुनेको संख्या १ करोड ३५ लाख २५ हजार ३ सय ६४ पुगेको छ। भारतमा केही समयदेखि दोश्रो लहरको कोरोना संक्रमण फैलिएको छ। जसका कारण दैनिक १ लाख भन्दा बढी संक्रमित थपिँदै आएका छन्। कोरोनाका कारण अहिलेसम्म भारतमा १ लाख ७० हजार २ सय ९ जनाले ज्यान गुमाएका छन्। यस्तै गत २४ घण्टामा कोरोनाबाट करिव १ हजारको मृत्यु भएको जनाइएको छ।

पछिल्लो समय भारतसँग ब्राजिलमा पनि कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको छ। ब्राजिलमा गत २४ घण्टामा १ हजार ८ सय बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्। यस्तै, कोरोनाका ३७ हजार ५ सय बढी संक्रमित गत २४ घण्टामा थपिएका छन्।

विश्वभरको आकडा हेर्नेहो भने गत २४ घण्टामा ६ लाख १८ हजार ८८ जना नयाँ कोरोनाका संक्रमितहरु थपिएका छन्। ७ हजार ६ सय ९४ जनाले ज्यान गुमाए भने ४ लाख ८१ हजार ८३ जना निको भएका छन्। संसारभरीमा हालसम्म १३ करोड ६६ लाख १४ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएका मध्ये १० करोड ९८ लाख ४० हजार ७ सय ८५ संक्रमण मुक्त भएका छन् भने २९ लाख ४८ हजार ८ सय ४५ जनाको ज्यान गएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.