प्रेमिल गीत ‘मन खाने माया’ सार्वजनिक ( भिडियो )

चैत २९, काठमाडौँ । युवा पुस्ताका चर्चित गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको युगल गायनमा समावेश गीत ‘मन खाने माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतलाई बेलायतवासी गीतकार दिप गिरीले लेखेका हुन्। गीतमा संगीत चर्चित संगीतकार शंकर थापा ुस्माइलुको रहेको छ। यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्। युवा युवती बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठको अभिनय रहेको छ। रोनीले कोरियोग्राफी गरेको यस भिडियोलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन् । सविता गिरी निर्मात्री रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.